२२ जेठ २०८३, शुक्रबार

१२ लाख रूपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ

साउन ५, २०८०
विराटनगर
१२ लाख रूपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ

स्रोत नखुलेको १२ लाख ४६ हजार ४ सय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको  बिहारका ८१ वर्षीय रामनरेश सिंह र सवारी चालक ३३ वर्षीय रितेस जसवान रहेको छन् ।

उनीहरूलाई सशस्त्र प्रहरीले शुक्रवार दिउँसो पक्राउ गरेको हो । बोर्डर आउट पोस्ट (बीओपी) रानीले विराटनगर २ नम्बर ढाटबाट ७ लाख ७९ हजार भारतीय रुपैयाँ (१२ लाख ४६ हजार ४ सय नेपाली)  सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बीआर ०१ पीजी २११५ नम्बरको सेतो भारतीय स्कारपीयो चेकजाँच गर्ने क्रममा भारतीय रुपैयाँसहित बीओपी रानीका सशस्त्र प्रहरी निरीक्षक प्रदेश श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा सुटकेसमा राखिएको भारतीय रकम फेला परेको सशस्त्र प्रहरी बल मोरङका एसपी तीर्थ थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्