३० जेठ २०८३, शनिबार

धौलीगंगा बाँध पुनः खोलिएकाले महाकालीमा जलस्तर बढ्ने, सतर्कता अपनाउन प्रशासनको आग्रह

साउन ६, २०८०
बैतडी
धौलीगंगा बाँध पुनः खोलिएकाले महाकालीमा जलस्तर बढ्ने, सतर्कता अपनाउन प्रशासनको आग्रह

भारतको धौलीगंगा बाँध पुनः खोलिएकाले महाकाली नदीमा जलस्तर बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले सतर्कता अपनाउन आग्रह गरेको छ । 

बाँध आज शनिवार बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने भएकाले सूचना जारी गरेर प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको हो ।

भारतको उत्तराखण्डमा पर्ने धौलीगंगा जलविद्युत् परियोजनाको सिल्ट सरसफाइका लागि बाँधको ढोका खोलिएको छ ।

बाँध खोलिएको समयमा महाकाली नदी किनारका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए । यसअघि असार २६ गते पनि परियोजनाको बाँध खोलिएको थियोे ।
 

salt training

कमेन्ट गर्नुहोस्