२१ असार २०८३, आइतबार

चीनमा ६ महिनामा तीन लाख बढी भ्रष्टाचारका मुद्दा छानबिन, साढे दुई लाख जनामाथि कारवाही

साउन ६, २०८०
काठमाडौं
चीनमा ६ महिनामा तीन लाख बढी भ्रष्टाचारका मुद्दा छानबिन, साढे दुई लाख जनामाथि कारवाही

चिनियाँ सरकारका अनुशासन तथा अनुगमन निकायले यो वर्षको पहिलो छ महिनामा तीन लाख १६ हजार भ्रष्टाचारका मुद्दाको छानबिन गरेका छन् ।

भ्रष्टाचार नियन्त्रण गर्ने देशको सबैभन्दा ठूलो निकायले शनिवार जनाएअनुसार १८ जना प्रान्तीय वा मन्त्रीस्तरका  व्यक्तिसहित दुई लाख ५८ हजार जनामाथि कारवाही गरिएको छ ।
 
चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय अनुशासन अनुसन्धान तथा राष्ट्रिय अनुगमन आयोगमा सोही अवधिमा १६ लाख ८० हजार उजुरी परेका थिए । 

ती मध्ये आठ लाख २८ हजार उजुरी उपर आवश्यक कारबाही गरिएको छ । अनुसन्धानका क्रममा एक लाख ७० हजार वटा सामान्य गल्तीका मुद्दा पनि नियामक निकायका अधिकारीले निरुपण गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्