२३ जेठ २०८३, शनिबार

बञ्चरेडाँडाका स्थानीयसँगको सहमति कार्यान्वयन हुने भएपछि उठ्न थाल्यो काठमाडौंको फोहोर

साउन ६, २०८०
काठमाडौं
बञ्चरेडाँडाका स्थानीयसँगको सहमति कार्यान्वयन हुने भएपछि उठ्न थाल्यो काठमाडौंको फोहोर

काठमाडौं महानगरपालिकाले उपत्यकामा थुप्रिएको फोहोर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडलका बासिन्दाले केही दिन अघि फोहोरका कारण दुर्गन्ध फैलिएको भन्दै फोहोर फाल्न अवरोध गर्दै आएका थिए ।

यसअघि बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहोर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।

केही दिन अघि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरे पनि हिजोदेखि निर्वाधरुपमा फोहोर व्यवस्थापनको काम भइरहेको महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार महानगरले बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा फोहोर पुर्‍याउन थालेको छ । 
    
शुक्रवारदेखि फोहोर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेपछि काठमाडौं उपत्यकाको सडकमा थुप्रिएका फोहोर एक/दुईभित्रै उठाइसक्ने उनको भनाइ छ ।

फोहोर बोकेका गाडीलाई ल्याण्डफिल्डसाइटसम्म पुर्‍याउन प्रहरीले सहयोग गरिरहेकाले पनि व्यवस्थापनमा सहज भएको प्रमुख श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्