
उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खडकाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री खड्कालाई दैनिक प्रशासनिक कार्य सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड सिस्टम – २०२३ स्टकिङ मोमेन्ट’ मा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।