२६ असार २०८३, शुक्रबार

जनताका काममा खट्न महामन्त्री थापाको आग्रह

साउन ६, २०८०
कास्की
जनताका काममा खट्न महामन्त्री थापाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्तामा रहँदा होस् वा नरहँदा जनताका काममा दिनरात खट्न कांग्रेसका जनप्रतिनिधि तथा नेतालाई आग्रह गरेका छन् ।

आज ४१औँ विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कास्कीले पोखरामा आयोजना गरेको ‘उत्पादनसँग कांग्रेस’ विषयक परिसंवादमा महामन्त्री थापाले आगामी चार वर्ष जनताको हितमा काम गरेर २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा  पार्नुपर्ने बताए । 

“नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हो, जनताको आशा र भरोसा पनि कांग्रेसप्रति नै छ”, महामन्त्री थापाले भने,  “चार वर्षमा काम गरेर देखाउन सकेनौँ भने विसं २०८४ को चुनावी परिणाम कांग्रेसको पक्षमा नहुनसक्छ ।” कांग्रेसका आठ लाख ६६ हजार सक्रिय कार्यकर्ता प्रत्येक जनताको घरमा पुगेर उनको सुखदुःखमा साथ दिन पनि उनले आग्रह गरे । 

कांग्रेस पार्टीको जन्म सत्तामा पुग्नका लागि मात्रै नभएको भन्दै उनले लोकतान्त्रिक र संवैधानिक प्रक्रियाद्वारा जनताको भावनाअनुसार अग्रगामी र प्रगतिशील आर्थिक–सामाजिक रुपान्तरण गर्न स्थापनाका लागि भएको स्पष्ट पारे । 

salt training

कमेन्ट गर्नुहोस्