२६ असार २०८३, शुक्रबार

मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाबारे तीनै तहका जनप्रतिनिधिसँग छलफल

साउन ७, २०८०
काठमाडौं
मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाबारे तीनै तहका जनप्रतिनिधिसँग छलफल

नेपाल टेलिकमले मधेश प्रदेशमा आफ्नो सेवासम्बन्धी अन्तरक्रिया गरेको छ । शुक्रवार जनकपुरधाम र शनिवार सिमरामा कार्यक्रम सम्पन्न भएको टेलिकमले जनाएको छ । टेलिकमको सेवासम्बन्धी संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरूसँग विभिन्न विषयमा छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आवश्यक रहेको बताइन् । आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्न उनले निर्देशन दिइन् ।

प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ सरकारले काम गरिरहेकाले क्रमशः सबै जिल्लालाई पूर्ण दूरसञ्चारयुक्त बनाइने उनले बताइन् ।

null

मधेश प्रदेशका पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्‍याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले प्राप्त सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको बताए ।

समन्वयको भूमिकामा प्राधिकरण रहेको बताउँदै मधेश प्रदेशका राजमार्गमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरिदिनका लागि जनप्रतिनिधिहरूको भूमिका हुने बताए । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०/८१ मा मर्मत संभार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरू तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए ।

null

मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको जानकारी दिँदै उनले ३० भन्दा बढी स्थानमा ओएलटीबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए ।

मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य आवश्यक देखिएको उनको भनाइ थियो । 

नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाका बारेमा जानकारी दिए ।

आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेश स्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको बताउँदै उनले आगामी दिनमा ग्राहक सेवा केन्द्रलाई चुस्त–दुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको र यसका लागि प्राधिकरणले नियामकको रुपमा सधैं सहयोग गर्ने बताए ।
सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरूको बारेमा उप–प्रबन्धक नवल चौधरी र वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरू विदेशमासमेत प्रयोग गर्न सकिने जानकारी दिएका थिए ।

अन्तरक्रियाको अवसरमा जनप्रतिनिधिहरूले नेपाल टेलिकमको सेवाका बारेमा आफ्नो धारणा व्यक्त गर्नुका साथै यसको प्रभावकारिताबारे अनुभव सुनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्