२६ असार २०८३, शुक्रबार

नासिरको जापानमा नयाँ कीर्तिमान

साउन ७, २०८०
काठमाडौं
नासिरको जापानमा नयाँ कीर्तिमान

नासिर याह्या हुसेनले जापानको फुकुओकामा आयोजना भएको वल्र्ड एक्वाटिक च्याम्पियनशिप–२०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । 

नासिरले चार सय मीटर फ्रिस्टायलमा ४ मिनेट ८.२३ सेकेन्ड समय खर्चंदै आफ्नो नाममा नयाँ कीर्तिमान कायम गरेको फुकुओकाबाट नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिए । उक्त स्पर्धामा यसअघि नासिरको नाममा ४ मिनट १२.१७ सेकेन्ड समयको कीर्तिमान रहेको थियो । नासिरले उक्त कीर्तिमान गत असारमा आयोजना भएको ११औँ एनएसए कप पौडी प्रतियोगितामा राखेका हुन् ।

अब भोलि नासिरले पुरुष २०० मिटर फ्रिस्टायल र गौरिका सिंहले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्