१० साउन २०८३, आइतबार

स्कुल सकेर फुटसल खेल्न जाँदा खोलामा खसेका थिए बालक, ढिलागरी प्रहरीलाई खबर

साउन ७, २०८०
काठमाडौं
स्कुल सकेर फुटसल खेल्न जाँदा खोलामा खसेका थिए बालक, ढिलागरी प्रहरीलाई खबर

राजधानीको सामाखुसीमा एक स्कुले बालक बाढीले बगाएर बेपत्ता भएका छन् । घटनाको खबरपछि प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्दार कार्य सुरु गरेपनि उनी राति अबेरसम्म फेला पर्न सकेका छैनन् । 

आइतबार साँझ स्कुलबाट फर्किएपछि भोजपुर घर भई सामाखुसी बस्दै आएका सागन मगरलाई स्थानीय सामाखुसी खोलाले बगाएको हो । 

पानीपोखरीस्थित भानुभक्त माविमा कक्षा ६ मा अध्ययनरत बालक विद्यालयबाट फर्किएपछि साथीसँगै रानीबारीमा रहेको फुटसलमा फुटबल खेल्न जाने क्रममा खोलामा खसेका हुन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सीताराम रिलालले खोला फड्किएर पार गर्न खोज्दा उनी चिप्लिएर  खसेको जानकारी दिए । 

उनीसँगै गएका साथीले अरुलाई खबर नगरी खोज्न थाल्दा प्रहरीले ढिलागरी खबर पाएको बताइएको छ । नजिकै प्रहरी चौकी भएपनि खबर नहुँदा ३० मिनेटपछि मात्रै प्रहरीले थाहा पाएर उद्दारका लागि पुगेपनि फेला नपरेको स्थानीयको भनाइ छ । 

साँझ ५ः४० बजेदेखि बेपत्ता १३ वर्षीय बालक मगरको आमा पोर्चुगलमा रहेको खुलेको छ । यस्तै बुबाको भने दोहोरी साँझ रहेको बताइएको छ । 

अँध्यारोका कारण आज खोजी कार्य स्थगित भएको र बालकको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ । प्रहरीले अब सोमबार बिहानैदेखि खोजी कार्य सुरु गरिने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्