
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा भएको रिक्त पदको विवरण पठाउन परिपत्र गरेको छ ।
मन्त्रालयले आइतवार एक परिपत्र गर्दै जिल्ला समन्वय समिति र सबै स्थानीय तहलाई रिक्त पदको विवरण पठाउन भनेको हो ।
‘निर्वाचन आयोगको पत्रानुसार २०७९/०१/३० गतेको स्थानीय तहको निर्वाचन पश्चात विभिन्न कारणले केही जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिका प्रमुख, उपप्रमुख एवं वडाध्यक्षको पद रिक्त भएको अतः स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा (२) को प्रयोजनका लागि विवरण उपलब्ध गराउन आदेशानुसार अनुरोध छ ।’ परिपत्रमा भनिएको छ ।