०१ असार २०८३, सोमबार

घरायसी विवादमा दम्पतीबीच झगडा हुँदा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

साउन ८, २०८०
सप्तरी
घरायसी विवादमा दम्पतीबीच झगडा हुँदा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
फाइल फोटो

सप्तरीमा श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेवा गाउँपालिका २ अकबरपुरका ३५ वर्षीय रामरूप खङ रहेका छन् । 

३० वर्षीया पार्वतीदेवी खङको हत्या गरेको आरोपमा उनलाई आइतवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा उनीहरूबीच झगडा हुँदा रामरूपको कुटपिटबाट पार्वती गम्भीर घाइते भएकी थिइन् । पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रापरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्