२३ जेठ २०८३, शनिबार

बाजुरामा बाढीले ट्रयाक्टरसहित चालकलाई बगायो

साउन ८, २०८०
काठमाडौं
बाजुरामा बाढीले ट्रयाक्टरसहित चालकलाई बगायो

बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् ।

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ । 

कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्