
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटा चुनावलाई लिएर ‘मिसन २०८४’ घोषणा गर्न कांग्रेसले हतार नगर्ने बताएका छन् ।
पुराना दलको दिन गए भन्नेलाई उनले पृथ्वी र देश पनि पुरानो हो भन्ने नबिर्सिन आग्रह गरे ।
केन्द्रीय समितिको छैटौं दिनको बैठकलाई सोमवार सम्बोधन गर्दै महामन्त्री शर्माले २०८४ सालको चुनावलाई मिसन घोषणा गर्नुपरे १ वर्ष अगाडि घोषणा गर्ने बताएका हुन् ।
‘मिसन २०८४ लाई गम्भीर रूपमा लिएका छैनौं । २००७ साल या २०४६ सालको जस्तो परिवर्तन हुन लागेको होइन, कुनै नयाँ संविधान आउँदैन, केबल चुनाव हुँदैछ,’ शर्माले भने ।
नवगठित रास्वपाले मिसन– २०८४ को अभियान शुरू गरेको छ ।
‘पुराना दलका दिन गए भन्नेका लागि मेरो जवाफ छ, पृथ्वी, धर्मशास्त्र र देश पनि पुरानो हो, कांग्रेसका संस्थापक अहिले कोही हुनुहुन्न । संस्था परिमार्जन हुँदै जाने गर्छ,’ उनले भने ।
महामन्त्री शर्माले पार्टी केही नवीनतामा जानु पर्ने आवश्यकता औंल्याए ।