३१ असार २०८३, बुधबार
वर्षासँगै बाढीपहिरोको जोखिम

११ जिल्लामा भारी वर्षा, आकस्मिक बाढी र पहिरोको जोखिम

साउन ९, २०८०
काठमाडौं
११ जिल्लामा भारी वर्षा, आकस्मिक बाढी र पहिरोको जोखिम
फाइल तस्वीर

पछिल्लो तीन घण्टा ११ जिल्लामा भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घण्टामा मकवानपुर, चितवन, तनहुँ, नवलपरासी, पाल्पा, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बर्दिया र कैलालीमा भारी वर्षा मापन गरिएको हो । 

११ जिल्लामध्ये नवलपरासी, पाल्पा र प्यूठानमा  राजमार्ग अवरुद्ध हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यी जिल्लाका साना खहरेखोलामा आकस्मिक बाढी र कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको छ । 

महाशाखाले यी क्षेत्र भई यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्