२२ जेठ २०८३, शुक्रबार
बाढीपहिरोले सडक अवरुद्ध

बाढीपहिरोले देशभरका ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध, १९ वटामा एकतर्फी यातायात सञ्चालन

साउन ९, २०८०
काठमाडौं
बाढीपहिरोले देशभरका ६ राजमार्ग पूर्णरूपमा अवरुद्ध, १९ वटामा एकतर्फी यातायात सञ्चालन
फाइल तस्वीर

अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण देशका विभिन्न ठाउँमा राजमार्ग अवरूद्ध बनेका छन् । सडक विभागका अनुसार देशभरका ६ वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेका छन् । 

विभागका अनुसार बाढी पहिरोका कारण चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक (तमोर करीडोर) सडक, भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक र भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट सडक अवरुद्ध बनेका हुन् । 

यस्तै बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग) सडक, बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग) सडक र बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग) सडक खण्ड अवरुद्ध पूर्ण रूपमा अवरुद्ध भएका हुन् ।  

त्यस्तै १९ वटा राजमार्ग एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अनुसार ९१ वटा राजमार्ग अवरुद्ध भएर पुन: खुलेका छन् ।

नारायणगढ-मुग्लिन सडक खण्ड पनि पहिरोका कारण आज बिहान अवरुद्ध भएको थियो । तर, हाल पहिरो पन्छ्याएर दुईतर्फी खुलाइएको विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्