११ साउन २०८३, सोमबार

नेपालको राजनीति अन्योलपूर्ण र अनिश्चितताको भुमरीमा फसेको छ : विजयकुमार गच्छदार

साउन ९, २०८०
काठमाडौं
नेपालको राजनीति अन्योलपूर्ण र अनिश्चितताको भुमरीमा फसेको छ : विजयकुमार गच्छदार
फाइल तस्वीर

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरिमा फसेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताएका हुन् । 

नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने उनको भनाइ छ ।

पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था उनले बताए । 'नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरीमा फसेको छ । नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ,' उनले भने, 'नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ,' उनले भने, 'कांग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन् । गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ ।’

salt training

कमेन्ट गर्नुहोस्