१० साउन २०८३, आइतबार

अमरेशको निर्वाचन क्षेत्रमा आरजुको शक्ति प्रदर्शन

साउन ९, २०८०
काठमाडौं
अमरेशको निर्वाचन क्षेत्रमा आरजुको शक्ति प्रदर्शन

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले मंगलवार क्षेत्रीय सम्मेलन आयोजना गरेको छ । 

कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

क्षेत्रीय सम्मेलन तथा अगुवा कार्यकर्ता भेलाको नाममा शक्ति प्रदर्शन आयोजना गरिएको हो ।

रामहरि खतिवडालगायत नेता सहभागी उक्त कार्यक्रमका लागि सयौं कार्यकर्ता उपस्थित गराइएको छ ।

अमरेशको क्षेत्रमा आरजुलाई नै मुख्य अतिथि बनाएर कांग्रेसले शक्ति प्रदर्शन गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पछिल्लो समय अमरेशले आरजुलाई ‘गणतन्त्रकी पम्फादेवी’को संज्ञा दिँदै उनी देशका भ्रष्टाचार काण्डहरूमा संलग्न भएको आरोप लगाउँदै आएका छन् । 

आफूलाई गणतन्त्रकी पम्फादेवी भन्दै सार्वजनिक बेइज्यत गरेको भन्दै आरजुले अमरेशविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी छिन् ।

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएको झोकमा अमरेशले आफूविरुद्ध अनर्गल प्रचार र गाली गरेको आरजुको आरोप छ ।

salt training

कमेन्ट गर्नुहोस्