
बोटलर्स नेपाल लिमिटेड (बीएनएल)ले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) २०२२ को लागि गोल्ड अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) द्वारा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गतको उक्त अवार्ड प्रदान गरेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर, र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बीएनएललाई अवार्ड प्रदान गरिएको हो ।
बोटलर्स नेपाल (तराई) लिमिटेड (बीएनटीएल)लाई २०२२ को लागि सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड पनि प्रदान गरिएको थियो ।
बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डलले अवार्ड ग्रहण गर्दै बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पोरेट गभर्नेन्स र कम्प्लायन्सप्रति हर्षित रहेका बताएका थिए ।
‘बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र शेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छौं । हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं ।’ बोटलर्स नेपालले भनेको छ ।