
वकालत मञ्च नेपाल (एड्भोकेसी फोरम)ले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान तत्काल निष्कर्षमा पुर्याएर पीडकलाई कारबाही गर्न सरकारसँग माग गरेको छ ।
संस्थाका निर्देशक विकास बस्नेतले बुधवार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष र स्वतन्त्र अनुसन्धान गर्न माग गरेका हुन् ।
‘घटनाको निष्पक्ष, स्वतन्त्र र तत्काल अनुसन्धान गर्न तथा पीडकहरूलाई कानूनबमोजिम सजाय दिन एड्भोकेसी फोरम–नेपाल माग गर्दछ र पीडकहरूमाथि अनुसन्धान तथा अभियोजन नगरिएमा देशमा दण्डहीनता थप संस्थागत हुने धारणा राख्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै निर्मला पन्तको न्यायका लागि माग गर्ने पीडित परिवार र अभियन्ताहरूसँग एड्भोकेसी फोरमले ऐक्यबद्धता समेत व्यक्त गरेको छ ।
‘घटनामा सत्य तथा न्यायको निरन्तर माग गर्ने पीडित परिवारका सदस्य, मानवअधिकार रक्षक तथा कानून व्यवसायीहरूसँग एड्भोकेसी फोरम–नेपाल ऐक्यबद्धता समेत व्यक्त गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ ।
पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो ।
हेर्नुहोस्, विज्ञप्ति :