३० असार २०८३, मंगलबार

कांग्रेसको महासमिति बैठक मंसिरमा हुने

साउन १०, २०८०
काठमाडौं
कांग्रेसको महासमिति बैठक मंसिरमा हुने

नेपाली कांग्रेसले महासमितिको बैठक आगामी मंसिर ११–१३ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

यसअघि नीति महाधिवेशन गर्ने भनिए पनि विधानमा नीति महाधिवेशन नभएपछि यसको समेत काम गर्ने गरी महासमिति बैठक बोलाइएको जानकारी महामन्त्री विश्वप्रकाश शर्माले दिए ।

१४औं महाधिवेशनमा कांग्रेसले नेतृत्व मात्रै चयन गरी छुट्टै नीति महाधिवेशन गर्ने निर्णय गरेको थियो तर महासमिति बैठकबाटै नीतिगत विषयलाई पनि सम्बोधन गर्ने गरी पार्टीले मंसिरमा महासमितिको बैठक बोलाएको हो । 

कांग्रेसले आगामी साउन २०–३० गतेसम्म आन्तरिक अभियान र भदौ १०–२४ गतेसम्म राष्ट्रव्यापी अभियान अन्तर्गत समुदायमा कांग्रेस कार्यक्रम चलाउने निर्णय पनि गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्