०६ असार २०८३, शनिबार

जहाज उडाउन इन्जिन भाडामा लिने निगमको तयारी

साउन ११, २०८०
काठमाडौं
जहाज उडाउन इन्जिन भाडामा लिने निगमको तयारी

नेपाल  वायु  सेवा  निगमले  एक  सातादेखि  ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ ।

न्यारोबडी  ए–३२०  कल  ९–एन  एकेडब्लु  (नेपाली नाम सगरमाथा) जहाजमा गत वर्ष फागुनदेखि भाडाको इन्जिन प्रयोग गर्दै आएको निगमले ग्राउन्डेड अर्काे  न्यारोबडी  ए–३२०  कल  ९–एन  एकेएक्स  उडानका  लागि  पनि  इन्जिन  भाडामा  लिने  तयारी  गरेको छ ।

असार  ३१  गते  बिहान  दुबईबाट  काठमाडौँ  फर्किएको न्यारोबडी ९–एन–एकेएक्स जहाज बायाँ इन्जिनको हाई प्रेसर टर्विन ट्रेलिङ एजमा समस्या देखिएपछि  निगमको  इन्जिनियरिङ  विभागले  चार  साइकलभन्दा बढी उडाउन नमिल्ने बताउँदै हाल ग्राउन्डेड गरिएको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्