०६ साउन २०८३, बुधबार

जापानमाथि आणविक हतियार प्रयोग गर्ने उत्तर कोरियाको चेतावनी

कात्तिक २०, २०७४
जापानमाथि आणविक हतियार प्रयोग गर्ने उत्तर कोरियाको चेतावनी

काठमाडौं, २९ भदौ — उत्तर कोरियाले जापानविरुद्ध आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएर उत्तर एसियामा तनाव झनै चर्काएको छ ।


‘जापान हामीनजिक अस्तित्वमा रहनुपर्दैन,’ उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले लेख्यो, ‘जापानका चारवटा टापुलाई उत्तर कोरियाको आणविक बमले डुबाउनुपर्छ ।’

जापानको मुख्यसचिव योशिहिदे सुगाले यो टिप्पणी अत्यन्तै भड्काउपूर्ण किसिमको भएको बताए ।

‘उत्तर कोरिया अहिलेकै तालले अघि बढिरहने हो भने संसारबाट पूरै एक्लिँदै जानेछ,’ सुगाले बिहीवार पत्रकारहरूसँग कुरा गर्दै भने । ‘संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् प्रस्ताव तथा यससँग सम्बन्धित सम्झौताहरूलाई कार्यान्वयन गरेर अन्तर्राष्ट्रिय समुदायले एकढिक्का भएर उत्तर कोरियामाथिको दबाब बढाउनु जरूरी छ ताकि उसले नीति परिवर्तन गरोस् ।’

जापानमा सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका केही सदस्यहरू उत्तर कोरियाली नेताहरूलाई भेट्न प्योङयाङ जाने सोच बनाइरहँदा उत्तरको यो चेतावनी आएको हो । तर उत्तर कोरिया भ्रमण गर्न जापानी नागरिकलाई प्रोत्साहन गरिने गरेको छैन ।

जापानका प्रधानमन्त्री शिन्जो आबेले उत्तरमाथि प्रतिबन्धमार्फत दबाब बनाउनुपर्नेमा जोड दिएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्