२९ असार २०८३, सोमबार

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साउन ११, २०८०
काठमाडौं
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढेको छ । आज (बिहीवार) स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । 

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार हिजो (बुधवार) छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य पनि प्रतितोला ८०० रुपैयाँले बढेर एक लाख १२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४९० रुपैयाँमा कारोबार भएको हो । 

यही साउन ४ गते चाँदी प्रतितोला एक हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्