०६ साउन २०८३, बुधबार

काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो, यस्तो छ नयाँ दर [सूची]

साउन ११, २०८०
काठमाडौं
काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा चल्ने सार्वजनिक सवारीको भाडा घट्यो, यस्तो छ नयाँ दर [सूची]

बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर हेरफेर गरेको छ । पेट्रोलियम पदार्थको मूल्य घटेसँगै प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आज (बिहीवार) मन्त्रीस्तरीय निर्णयअनुसार भाडादर समायोजन गरेको हो । 

बागमती प्रदेश सरकारले यात्रुवाहक सवारीसाधनमा गत जेठ ११ गतेदेखि लागू गरेको भाडादरमा २.३० प्रतिशत भाडा कम गरेको छ ।

नयाँ भाडादरअनुसार काठमाडौं उपत्यकाभित्रका सार्वजनिक सवारीसाधनको भाडा एक रुपैयाँले घटेको छ । काठमाडौं उपत्यकाभित्र सार्वजनिक बसमा शून्यदेखि पाँच किलोमिटरसम्म यात्रा गर्दा अब १८ रुपैयाँ भाडा लाग्नेछ ।

उपत्यकाभित्र १० किलोमिटर यात्रा गर्दा अब २४ रुपैयाँ भाडा लाग्ने छ । 

यस्तै, बागमती प्रदेशमा सञ्चानल हुने मालवाहक सवारीसाधनको भाडा १३.७४ रुपैयाँ प्रतिटन प्रतिकिलोमिटर तय गरिएको छ । 

विद्युतीय माध्यमबाट सञ्चालित यात्रुवाहक सवारीसाधन र यात्रुवाहक सवारीसाधन ट्याक्सीको हकमा भने २०७९ को वैशाख १ देखि जारी भाडा दर नै कायम रहेको मन्त्रालयले जनाएको छ । 

यस्तो छ नयाँ भाडादर

salt training

कमेन्ट गर्नुहोस्