०५ साउन २०८३, मंगलबार
कोशी सरकार गठन विवाद

कोशीका मुख्यमन्त्री पदमुक्त, नियुक्ति गैरसंवैधानिक भएको सर्वोच्चको ठहर

साउन ११, २०८०
काठमाडौं
कोशीका मुख्यमन्त्री पदमुक्त, नियुक्ति गैरसंवैधानिक भएको सर्वोच्चको ठहर

सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति गैरसंवैधानिक भएको ठहर गरेको छ । न्यायाधीशत्रय ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बिहीवार कोशीका मुख्यमन्त्री थापाको नियुक्ति गैर संवैधानिक भएको ठहर गरेको हो ।

बहुमत नपुगेपछि प्रदेश सभाका सभामुख बाबुराम गौतमले थापाको पक्षमा हस्ताक्षर गरेका थिए । सर्वोच्चको आदेशले कोशीका मुख्यमनत्री पदमुक्त भएका छन् ।

माओवादी, जसपा लगायतको समर्थनमा कांग्रेस संसदीय दलका नेता थापा असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । सर्वोच्चको आदेशसँगै कोशी प्रदेश सरकार रिक्त भएको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमवार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो । 

यसअघि तीन दिन भएको बहस नटुंगिएकाले आजका लागि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।

कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको उल्लेख गर्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

रिटमाथिको प्रारम्भिक सुनुवाइ गर्दै गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोशी प्रदेश सरकारका नाममा दूरगामी असर पर्ने गरी काम नगर्न आदेश गर्दै लिखित जवाफ पेश गर्न आदेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्