२६ असार २०८३, शुक्रबार

लघुवित्त पीडितका समस्या समाधान गर्न अर्थ मन्त्रालयले बनायो वार्ता टोली

साउन ११, २०८०
काठमाडौं
लघुवित्त पीडितका समस्या समाधान गर्न अर्थ मन्त्रालयले बनायो वार्ता टोली

अर्थ मन्त्रालयले लघुवित्त वित्तीय संस्थासम्बन्धी समस्या समाधान गर्न वार्ता टोली गठन गरेको छ । मन्त्रालयका प्रवक्ता धनिराम शर्माले विज्ञप्ति जारी गर्दै सहसचिवको संयोजकत्वमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंकका प्रतिनिधि रहेको वार्ता टोली गठन गरेको जानकारी दिएका हुन् ।  

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरिएको मन्त्रालयको भनाइ छ । 

लघुवित्त वित्तीय संस्था विरुद्धको संघर्ष समितिको नाममा केही व्यक्तिहरूले संघर्षका कार्यक्रम घोषणा गरेका छन् । यसै सन्दर्भमा आन्दोलनरत पक्षले उठाएका मागका विषयमा छलफल एवम् सम्वाद गरी समाधान गर्ने मन्त्रालयले जनाएको छ । 

लघु वित्त वित्तीय संस्थाका ऋणीहरूको गुनासो सुनुवाइका लागि नेपाल राष्ट्र बैंकले अलग्गै डेस्क स्थापना गरी गुनासो सम्बोधन गर्दै आएको पनि मन्त्रालयले जनाएको छ । 

ब्याजदरलगायत विषयमा कुनै गुनासो भए नेपाल राष्ट्र बैंकमा सम्पर्क गर्न सकिने जानकारी पनि मन्त्रालयले दिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्