११ साउन २०८३, सोमबार

नेपाल प्रहरीमा ४ दिनमा २८६ प्रहरी कर्मचारीको बढुवा सिफारिस

साउन १२, २०८०
काठमाडौं
नेपाल प्रहरीमा ४ दिनमा २८६ प्रहरी कर्मचारीको बढुवा सिफारिस

नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उपसमूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । 

साउन ४–७ गतेसम्म ४ दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो ।

नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको ज्येष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्यांकन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको जनाइएको छ ।

बढुवा सिफारिस हुनेहरूमध्ये नेपाल प्रहरी अस्पताल चिकित्सकतर्फ १४ जना, सूचना प्रविधि कम्प्युटरतर्फ १ जना र सञ्चारतर्फ १ जना गरी जम्मा १६ जनालाई प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरिएको छ । जनपद प्रहरी समूह प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा ६४ जनालाई सिफारिस गरिएको छ । 

प्राविधिक प्रहरी समूहतर्फको सूचना प्रविधि/कम्प्यूटरतर्फ २ जना, स्वास्थ्य उपसमूह प्यारामेडिक्सतर्फ १ जना, नर्सिङतर्फ १ जना, ईन्जिनियरिङ उपसमूह अवास तथा भौतिक इन्जिनीयरिङतर्फ २ जना, सञ्चारतर्फ २ जना गरी जम्मा ८ जना प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

जनपद समूहतर्फ जम्मा १२२ जना प्रहरी नायव निरीक्षकहरू प्रहरी वरिष्ठ नायव निरीक्षक पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूह इन्जिनीयरिङ उपसमूह आवास तथा भौतिक इन्जिनीयरिङतर्फ १ जना र सूचना प्रविधि/कम्प्यूटरतर्फ ६ जना गरी जम्मा ७ जना प्रहरी नायव निरीक्षक पदबाट प्रहरी वरीष्ठ नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूहकै प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा स्वास्थ्य तर्फको प्यारामेडिक्समा १ जना, संगीततर्फ ६ जना, केनाईनतर्फ ७ जना र मेकानिकल इन्जिनीयरिङ तथा सवारीतर्फ २ जना, सूचना प्रविधि/कम्प्यूटरतर्फ ७ जना समेत गरी जम्मा २३ जना प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् ।

प्राविधिक प्रहरी समूह केनाईनतर्फ ५ जना र संगीततर्फ ७ जना गरी जम्मा १२ जना प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । प्राविधिक प्रहरी समूहकै प्यारामेडिक्सतर्फ १३ जना, सवारीतर्फ १३ जना, सूचना प्रविधि/कम्प्युटरतर्फ ६ जना र हातहतियारतर्फको १ जना गरी जम्मा ३३ जना प्रहरी हवल्दार पदबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस भएका छन् भने प्राविधिक प्रहरी समूहतर्फ आवास तथा भौतिक इन्जिनीयरिङतर्फ १ जना प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सिफारिस भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्