११ साउन २०८३, सोमबार

बालकोटमा कलाकारको जमघटले सांगीतिक माहौल,  ओलीले भने– रमाइलो भयो

साउन १२, २०८०
काठमाडौं
बालकोटमा कलाकारको जमघटले सांगीतिक माहौल,  ओलीले भने– रमाइलो भयो

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बिहीवार बेलुका कलाकारको जमघट भएको छ ।

अध्यक्ष ओलीले शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी घरमा आउँदा सांगीतिक माहौल बनेको जनाएका छन् ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घरमा हिजो बेलुका संयोगवश सांगीतिक माहौल बन्यो । शास्त्रीय संगीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक शिशिर योगी आउनुभएको थियो । शास्त्रीय संगीतका साधकहरूले सुनाउनुभएको मेघमल्लार र सिंह भैरवी रागको आनन्द अनि शिशिर योगीका गीतको मिठास ! रमाइलो भयो, उहाँहरूलाई धन्यवाद !’

null

salt training

कमेन्ट गर्नुहोस्