०६ असार २०८३, शनिबार

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

साउन १२, २०८०
काठमाडौं
हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्चमा रिट

नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) बढाएका कारण हवाई सेवा थप महँगो हुने भएकाले नाट्टाले भ्याट फिर्ताको माग गर्दै बिहीवार सर्वोच्च अदालतमा रिट दायर गरेको हो ।

नाट्टाका अध्यक्ष रमेश थापाले पर्यटन व्यवसायीले हवाई क्षेत्रमा लगाएको भ्याटले हवाई सेवा महँगो हुने भएकाले सरकारले गरेको प्रावधान सच्याउन पटक–पटक माग गर्दासमेत सुनुवाइ नभएकाले न्यायको ढोका ढकढक्याउन बाध्य हुनुपरेको बताए ।

'नाट्टाका पूर्वअध्यक्ष परिषद्, नाट्टाका सदस्य, कानुन व्यवसायी, कर परामर्शदाताको सल्लाह र नाट्टा बोर्डको निर्णयबाट कानूनी उपचारमा जाने निर्णयानुसार रिट दायर गरेका हौँ,' उनले भने । सरकार र निजी व्यवसायीको सहकार्यले मात्र पर्यटन क्षेत्रको दिगो विकास हुने नाट्टाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्