२४ जेठ २०८३, आइतबार

राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलतः प्रधानमन्त्री

साउन १२, २०८०
काठमाडौं
राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त मन्त्रीहरूको राजीनामा माग्नु गलतः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उद्देश्यको निम्ति मन्त्रीहरूको राजीनामा मागिहाल्ने संस्कृति राम्रो नभएको बताएका छन् । 

शुक्रवार इटाली भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका हुन् ।

स्पष्टीकरणको मौका नदिकन राजीनामा नदिए संसद् चल्न दिन्नौँ भन्ने संस्कृति राम्रो नभएको उनको भनाइ छ । ‘राजनीतिक उद्देश्यको निम्ति हत्तपत्त प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्रीको राजीनामा मागिहाल्ने जो संस्कार बस्न खोजेको छ, त्यो राम्रो होइन,' उनले भने, 'स्पष्टीकरण राम्रोसँग दिने मौका पनि नदिकन राजीनामा दिने भए देऊ नत्र सदन चल्न दिँदैनौं भनेर पहिल्यै घोषणा गर्ने कल्चरले हामीलाई राम्रो ठाउँतिर लैजाँदैन ।’

संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुँदा देशको कृषि क्षेत्रको मार्ग दर्शन भएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्