
काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालय तीन दिनभित्र खाली गर्न निर्देशन दिएको छ ।
महानगर प्रहरीले कार्यालय भवन अवैध भएको भन्दै आगामी सोमवारसम्म खाली गर्न निर्देशन दिएको हो । महानगर प्रहरीको टोली अहिले राप्रपा केन्द्रीय कार्यालयबाहिर छ ।
प्रहरीले माइकिङ गरिरहेको छ ।
भवनको नक्सा पास छैन भने माथि हाइभोल्टेज प्रसारण लाइनसमेत छ ।
उक्त भवन तत्कालीन अध्यक्ष कमल थापाका पालामा बनेको थियो । थापा अहिले राप्रपामा छैनन् ।

