२३ जेठ २०८३, शनिबार

अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

साउन १२, २०८०
काठमाडौं
अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी

विवादास्पद अभिव्यक्तिपछि अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

आफ्नो समूदायको भावनामा चोट पुर्याएको भन्दै तामाङ, मगर समुदायका समूहले दिएको उजुरीको आधारमा अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । 

उनीमाथि जातिय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न जाहेरीमा माग गरिएको छ । पक्राउ पुर्जी जारी भएसँगै उनको खोजी भइरहेको प्रहरीको भनाइ छ । 


एक टेलिभिजको अन्तर्वातामा पाण्डेले हाडनाताभित्र विवाह हुँदा  त्यसले उनीहरुबाट  जन्मने सन्तान अपराधिक प्रवृत्तिका हुनसक्ने अध्ययनले देखाएको बताएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्