१९ असार २०८३, शुक्रबार

मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला, पहिचान हुन बाँकी

साउन १३, २०८०
तनहुँ
मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला, पहिचान हुन बाँकी

तनहुँको व्यास नगरपालिका–१० स्थित मादी नदीमा आज एक पुरुषको शव फेला परेको छ । बैरेनीस्थित मादी नदी किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव फेला परेको हो । 

अन्दाजी ५० वर्षजस्तो देखिने ती व्यक्तिको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको सनाखतका लागि प्रयास भइरहेको प्रहरीको भनाइ छ । शवलाई दमौली अस्पतालमा राखिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्