२८ जेठ २०८३, बिहीबार

एमालेका युवा नेताहरुको पार्टीमा हैसियत छैनः विश्वप्रकाश शर्मा

साउन १३, २०८०
काठमाडौं
एमालेका युवा नेताहरुको पार्टीमा हैसियत छैनः विश्वप्रकाश शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेका युवा नेताहरुको पार्टीमा कुनै हैसियत नभएको बताएका छन् । नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । 

कांग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग मुस्कुराएर प्रतिस्पर्धा गर्ने आँट गरेपनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धाका लागि साहस गर्ने हिम्मत नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो । 

उनले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जस्तो भएको जवाफ पाएको बताए ।

 तर काँग्रेसका युवाहरुले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिएको स्पष्ट पारे । उनले अब काँग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरुले पार्टीका बैठकहरु लाइभ गर्ने दावी समेत गरे । 

महामन्त्री शर्माले काँग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्