२५ असार २०८३, बिहीबार

प्रदीपको स्टारडम: कति समय टिक्ला?

कात्तिक २०, २०७४
प्रदीपको स्टारडम: कति समय टिक्ला?

काठमाडौं, २९ भदौ – आजभोलि अभिनेता प्रदीप खड्का नेपाली चलचित्र क्षेत्रमा स्टारका रुपमा हेर्न थालिएको छ । चलचित्र ‘प्रेमगीत’ र ‘प्रेमगीत २’ दुवै हिट भएपछि उनको स्टारडम बढेको छ । उनको चकलेटी अनुहारले दर्शक कमाएको छ ।

हालै एक कार्यक्रममा पत्रकार सम्मेलनमा बडीगार्डसहित पुगेका प्रदीप खड्काको केही विरोध पनि भयो । विरोधपछि उनले आफूले बडीगार्ड नराखेको बरु चलचित्र लिलिबिलीको टिमले नै गार्डको व्यवस्था गरेको बताए । जे होस्, बजारमा उनको चर्चा राम्रै चल्न थालेको छ ।

लभर ब्याइका रुपमा चलचित्रमा देखिने खड्काको प्रेमसम्बन्धका बारेमा भने खासै चर्चा सुनिँदैन । बरु अहिले उनको मूल्य महंगो भएको छ । फिल्म खेलेको २२ लाख पाएको समाचार आएसँगै उनी चर्चामा आएका छन् ।

चलचित्र दीपेन्द्र सरकारमा युवराज दीपेन्द्रको भूमिका निर्वाह गर्न लागेका प्रदीपले चलचित्र ‘लिलिबिली’ बाट २२ लाख पारिश्रमिक लिएको कुराले बजार तताएको हो ।

‘प्रेमगीत २’ पछि चलचित्रको शूटिङमा भन्दा समाचारमा छाएका प्रदीपको स्टारडमले अहिले त बजार तताएकै छ तर उनका अन्य फिल्मले कस्तो प्रभाव पार्ला, त्यो समयले बताउला ।

salt training

कमेन्ट गर्नुहोस्