२७ असार २०८३, शनिबार

विवाहलगत्तै बेहुला–बेहुलीले डरलाग्दो भीरबाट हामफाले, भिडियो भाइरल !

साउन १४, २०८०
काठमाडौं
विवाहलगत्तै बेहुला–बेहुलीले डरलाग्दो भीरबाट हामफाले, भिडियो भाइरल !

जिन्दगीमा विशेष हुने विवाह समारोहलाई स्मरणीय बनाउन विभिन्न उपाय अपनाउने गरिन्छ । एक जोडीले विवाहलाई खास बनाउन भीरबाट हामफालेको भिडियो भाइरल भइरहेको छ ।

भिडियोमा देखिएका प्रिसिला एन्ट र फिलिपो लेक्वेर्सले विवाहलाई यादगार बनाउन यस्तो उपाय अपनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भीरबाट हामफाल्ने उपाय देख्नेहरू आश्चर्यचकित भएका छन् ।

भिडियोमा अगाडि लेखिएको छ, ‘हामी हात समात्नेसँग छलाङ लगाउँछौं, त्यो उडान जसले हामीले याद गराउनेछ, डरको अगाडि जिन्दगी छ । प्रिसिला र फिलिपोको बिहे ।’

भीरबाट हामफाल्दा आवश्यक सुरक्षा सावधानी भने अपनाइएको थियो । तर भिडियो देख्नेलाई नै डरलाग्दो छ । विवाहमा पादरी र आफन्तलाई पनि भीरबाट हामफाल्न लगाइएको जनाइएको छ ।
 

कमेन्ट गर्नुहोस्