१९ असार २०८३, शुक्रबार
करिब सय किलो सुन प्रकरण

टोखाको ठूलो गोदाममा राजस्वको छापा, सुन पगाल्ने र गलाउने ठूल्ठूला मेसिन भेटिए

छापा हान्ने अधिकारी भन्छन्- ठूलो गोदाम हेर्दा सय किलो सुन त केही होइन जस्तो देखियो
साउन १४, २०८०
काठमाडौं
टोखाको ठूलो गोदाममा राजस्वको छापा, सुन पगाल्ने र गलाउने ठूल्ठूला मेसिन भेटिए
फाइल तस्बिर

सय किलो सुन बरामद प्रकरणमा राजश्व अनुसन्धान विभागले काठमाडौंको टोखामा ठूलो गोदाम फेला पारेको छ । हिजो बेलुका ५ बेजेदेखि अनुसन्धान विभागले छापा हानेको थियो । 

अनुसन्धान अधिकारीहरूका अनुसार त्यहाँ ठूल्ठूला सुन पगाल्ने र गलाउने मेसिन फेला परेका छन् । ‘यहाँको अवस्था हेर्दा सय किलो सुन त केही होइन जस्तो देखियो, यहाँ ठूल्ठूला सुन पगाल्ने मेसिनहरू फेला परेका छन्,’ ती अधिकृतले लोकान्तरसँग भने ।
 
राजश्व अनुसन्धानमा खटिएका सशस्त्रका कर्मचारी, प्रहरी कर्मचारी र राजश्वका अधिकारीहरूले छापा हानेर अहिले सिल गरेका छन् । 

त्यहाँ मेसिन जोख्ने ठूलो मेसिन, पगाल्ने हिटरलगायत सामानहरू बरामद गरिएको छ । हिजो नै विभागले होटल भियानमा छापा हानेर एक जना बेल्जियमका नागरिकलाई पक्राउ गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्