०८ असार २०८३, सोमबार

गोरु काटेको अभियोगमा ३ जना पक्राउ

साउन १४, २०८०
काठमाडौं
गोरु काटेको अभियोगमा ३ जना पक्राउ
फाइल फोटो

गोरु काटेको अभियोगमा मोरङबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका ६ सुकेचौरी बस्ने ६१ वर्षीय रामकुमार तमाङसहित ३ जना रहेका छन् । उनीहरूलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तमाङको घरमा गोरु काटेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले करिब ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसमेत बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्