२७ जेठ २०८३, बुधबार

प्रतिष्ठाको लडाईँमा राजपाका तीन नेता, यस्तो छ मलंगवाको रोचक भीडन्त

कात्तिक २०, २०७४
प्रतिष्ठाको लडाईँमा राजपाका तीन नेता, यस्तो छ मलंगवाको रोचक भीडन्त
सर्लाही, २९ भदौ– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तीन ‘हाइप्रोफाइल’ नेताको गृहजिल्ला सर्लाही सदरमुकाम मलंगवामा स्वतन्त्र उम्मेदवारले टक्कर दिएका छन् ।

विगतमा  दुई पटक स्वतन्त्र चुनाव लडेर मेयर भइसकेका नागेन्द्र प्रसाद यादवले यसपटक पनि कांग्रेस र राजपालाई टक्कर दिएका छन् ।

राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, सदस्यहरु राजेन्द्र महतो र महेन्द्र राय यादवको गृहजिल्ला रहेको सर्लाही सदरमुकाममा राजपा कमजोर स्थितिमा देखिएको छ ।rjp-3

स्थानीय बुद्धिजीवी र मतदाताहरुका अनुसार स्वतन्त्र उम्मेदवार यादव र कांग्रेसका मेयरका उम्मेदवार निर्सल साहबीच मुख्य प्रतिष्पर्धा छ ।

राजपा उम्मेदवार नागेश्वर यादव तेस्रो पोजिसनमा रहेको स्थानीयहरु बताउछन् ।

मधेस केन्द्रित संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमले बलिया उम्मेदवार फेला पार्न पनि नसकेको स्थानीयहरु बताउँछन् । मूलधारका नेकपा एमाले र माओवादी केन्द्रले पनि उम्मेदवार उठाएपछि उनीहरुले आक्रामक प्रचार गर्न सकेका छैनन् ।

यसअघि स्वतन्त्र उम्मेदवार विजयी हुँदै आएको मलंगवा नगरपालिकाको मेयरमा बाजी मार्न कांग्रेसले अधिकतम शक्ति प्रयोग गरेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत शीर्ष नेताहरुलाई उपस्थित गराएर बिहीवार मलंगवामा बृहत आमसभाको आयोजना गरिएको थियो ।

मलंगवा १० का स्थानीय सञ्जय चौधरी विगतमा दुई पटक मेयरमा विजयी भइसकेका कारण नागेन्द्र यादवले ठूला दललाई चुनौती दिएका बताउँछन् । ‘पारिवारिक पृष्ठभूमि राजनीतिक भएको तथा बिगतमा राम्रो काम गरेर जनताको मन जितेका कारण मेयरमा उनी बलिया प्रतिष्पर्धीको रुपमा देखा परेका छन्’, चौधरी भन्छन् ।

नागेन्द्रका पिता रामचन्द्र राय राप्रपाबाट दुई पटक सांसद बनेका थिए । राय परिवार मलंगवामा धनाड्य परिवारको रुपमा परिचित छ ।21741653_10211902049919476_1198873251_n

मलंगवामा किराना पसल सञ्चालन गरिरहेका ६८ बर्षीय सिताराम साह कुनैपनि दलले जनताको मन जित्न नसकेको बताउँछन् । ‘यहाँका कति नेता मन्त्री भइसके, तर मलंगवामा केही विकास हुन सकेको छैन’, उनले आक्रोस व्यक्त गर्दै भने, ‘धुलो खाएर हामी सधै बिरामी परिरहेका छौं, सडक बनाउनेतर्फ कसैको ध्यान गएको छैन ।’ उनले फोहरका कारण पोखरी दुर्गन्धित भएको र नाक छोपेर हिँडनु पर्ने अवस्था आएको बताए ।

सर्लाही सदरमुकाम मलंगवा क्षेत्रबाट विगतमा राजेन्द्र महतो विजयी हुँदै आएका थिए । पछिल्लो संविधानसभामा तत्कालिन तमलोपा नेपालका महेन्द्र राय यादवले महतोलाई पराजीत गरेका थिए । तर पटक—पटक मन्त्री बनेका नेताहरुको सदरमुकाम जाने बाटोदेखि सदरमुकाम धुलाम्मे छ ।

मलंगवामा ठेला गाढा चलाएर गुजारा गरिरहेका ४८ वर्षीय गंगाप्रसाद जयसवालले सडकको खाल्डाका कारण आफूलाई हैरानी भएको बताए ।elect

‘सडक राम्रो भए कम तागत लगाए हुन्थ्यो, तर अहिले कच्ची सडक र खाल्डो भएका कारण बल लगाउँदा बिरामी परिन्छ’ उनले भने । ‘अब आउने मेयरले कम्तीमा सडक बनाइदियोस् ।’

अव्यवस्थित सडक र ढलका कारण मलंगवामा कहिले काहिँ बाढीले तनाव दिने गरेको छ । केहि हप्ता पहिलेको बाढी पस्दा मलंगवाको जनजीवन प्रभावित भएको थियो । ‘अस्ति आएको बाढी पसलमा पस्दा सामानहरुमा क्षति भएको थियो’, भाँडा पसल सञ्चालन गर्दै आएकी सुनीतादेवीले लोकान्तरसँग भनिन्, ‘धेरै जनालाई भोट दियौं, कसैले पनि काम गरेनन् ।’21733348_10211902048599443_1122271354_n

चुनाव प्रचार प्रसार सकिन एक दिन बाँकी रहेको समयमा सर्लाहीमा दलहरुले चुनाव प्रचार प्रसारलाई तीब्र र आक्रामक बनाएका छन् । बिहान सवेरैदेखि राति अबेरसम्म दलहरु घरदैलो र प्रचार प्रसारमा व्यस्त देखिन्छन् । रापजाका शीर्ष नेताहरु उपस्थित नभएको भन्दै रापजाका कार्यकर्ताहरु आक्रोशित देखिएका थिए ।

सर्लाहीमा चुनाव प्रचारमा भारतीय नम्बर प्लेटका गाडी र मोटर साइकिलको बाहुल्यता देखिएको छ ।

तराइका अन्य जिल्लामा भारतीय नम्बर प्लेटको कार र जीपहरु प्रयोग भइरहेको भएपनि सर्लाहीको मलंगवा आसपासमा सयौंको संख्यामा भारतीय नम्बर प्लेटका मोटर साइकल चलाएर र्याली गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्