०३ असार २०८३, बुधबार

तराईका स्थानीय भन्छन्, ‘भोटका लागि मान्छे खरिद बिक्रि भइरहेको छ’

कात्तिक २०, २०७४
तराईका स्थानीय भन्छन्, ‘भोटका लागि मान्छे खरिद बिक्रि भइरहेको छ’
सर्लाही, ३० भदौ– प्रदेश नम्बर २ मा असोज २ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरुले अत्याधिक खर्च गरेको देखिएको छ ।night 5
तराइका विभिन्न जिल्लाहरुमा राजनीतिक दल र उम्मेदवारहरुले चुनाव प्रचारप्रसारका क्रममा प्रयोग गर्ने सवारी साधन, प्रचार प्रसारका सामाग्रीहरु, बाजागाजा, युवाहरु परिचालन, भोजभतेर लगायत विभिन्न प्रयोजनका निम्ति अत्याधिक खर्च गर्ने गरेको पाइएको हो ।
उम्मेदवार र दलहरुले एक महिना अघिदेखि नै शहर बजारको मुख्य भागमा घर/कोठा भाडा लिएर कार्यालय सञ्चालन गरेको पाइएको छ । नगरपालिकाका मेयर र गाउँपालिकाको अध्यक्ष मात्र नभई वडा सदस्यहरुले समेत छुट्टै कार्यालय भाडामा लिएर भड्किलो प्रचार गरिरहेका छन् । स्वयम् उम्मेदवारहरु खर्च कै कारण अब चुनाव लड्न नसकिने अबस्था आउन लागेको बताउँछन् ।
राजनीतिक दलको समर्थन प्राप्त गर्नको लागि समेत उम्मेदवारहरुले पैसा खर्च गरेको कतिपय उम्मेदवारहरु नै बताउँछन् । तराई मधेसका जिल्लामा आफ्नै दलका शीर्ष नेता आउँदा खर्च बढेको कतिपय उम्मेदवारहरु गुनासो गर्छन् । नेता र उनका सहयोगीका लागि खाना, बस्न र सवारी साधनको समेत प्रबन्ध गर्नुपर्दा खर्च बढेको धनुषाका एक उम्मेदवारले बताए ।
चुनाव प्रचारको अन्तिम समयमा सडकमा शक्ति प्रदर्शन गर्दा खर्च बढेको उम्मेदवारहरु बताउँछन् । युवालाई आकर्षण गर्न मोटर साइकिलमा इन्धन हाल्नेदेखि लिएर उनीहरुलाई साँझको समयमा मदिरापानमा समेत खर्च गर्नु परेको उम्मेदवारहरुको गुनासो छ ।
खर्च नदिँदा युवाहरु नआउने र कार्यक्रम फितलो हुने भएकोले इन्धन खर्च व्यहोरेर पनि दल र उम्मेदवारले युवा परिचालन गरेर प्रतिष्ठा जोगाउन कोशिष गरिरहेका छन् । कार्यकर्ताको लागि टिसर्ट र प्रचारका लागि झण्डामा धेरै खर्च भएको राजनीतिक दलका स्थानीय नेता कार्यकर्ता बताउँछन् ।
पहिले चियाँ नास्ता खुवाउनु पर्दैनथ्यो, अहिले करोडौ खर्च गरे
shahसर्लाही मलंगवा नगरपालिका १० का ६८ बर्षीय सीताराम साह विगतको तुलनामा अहिले भइरहेको चुनावमा तडकभडक बढी भएको बताउँछन् । ‘पहिले पहिलेको चुनावमा उम्मेदवारहरुले खर्च गर्नु पर्दैनथ्यो, खर्चको नाममा चिया मात्र खुवाएको देखिन्थ्यो’ साहले लोकान्तरसँग भने, ‘अहिलेको चुनावमा एउटा उम्मेदवारले एक करोड सम्म खर्च गरेको देखिन्छ, आखिर तिनीहरुले एक करोड खर्च गरेर दुइ करोड असुल्छन् ।’ त्योे रकमको भार जनतालाई जाने उनको बुझाइ छ ।
बाँध फुटेझै फुटेको देखियो
bhattarai
सर्लाही हरिवन ९ का ७५ वर्षीय विश्वनाथ भट्टराई विगतको तुलनामा अहिलेको चुनावमा खर्च बढ्नु स्वभाविक भएको ठान्छन् । ‘नियमित भएको भए चारवटा चुनाव भइसक्नु पर्ने थियो, २० वर्षदेखि रोकिएको स्थानीय चुनाव हुँदा लामो समय रोकिएको भेल फुटेझै फुटेको देखियो’ निजामती सेवाबाट निबृत्त भट्टराईले भने, ‘उम्मेदवारहरुले अहिलेसम्म प्रचारमा मात्र खर्च गरेका छन्, प्रचारको अवधि सकिएपछि राँगा, खसी÷बोका नढल्लान् भन्न सकिन्न ।’
मान्छेको खरिद बिक्रि

yadavसर्लाही मदनपुर ९ का रामवावु यादव राजनीतिक दलहरुले पैसाको भरमा मत खरिद विक्री गर्न लागेको बताउछन् । ‘पैसाको चलखेल गरेर उम्मेदवारले टिकट लिए, अब अहिले भोट लिनका लागि मान्छे खरिद बिक्रि सम्म गरिराखेका छन्’ यादवले भने, ‘अहिलेको चुनावमा राम्रो मान्छे आउँन सक्दैनन्, व्यापारी र जिमिनदारहरु मात्र हावी भएका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्