२९ जेठ २०८३, शुक्रबार

प्रज्ञा प्रतिष्ठानमा आजदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रत्यक्ष प्रसारण गर्ने तयारी

साउन १७, २०८०
काठमाडौं
प्रज्ञा प्रतिष्ठानमा आजदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्दै, प्रत्यक्ष प्रसारण गर्ने तयारी
फाइल फोटो

सत्तारूढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधवारदेखि राजधानीमा शुरू हुँदैछ ।

बिहान ११ बजे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।

बैठक कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बस्ने तय भएको छ ।

बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादी केन्द्रका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ । अध्यक्ष प्रचण्ड गत पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सरकारले सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ ।
        
बैठकमा ३८७ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, ३ आयोगका ७५ सदस्य र १० प्रदेशका १०० जना पदाधिकारी सहभागी हुनेछन् । बैठकको सम्पूर्ण तयारी पूरा भएको सचिव उपाध्यायले जानकारी दिए ।

माओवादी केन्द्रले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत गरेको छ । बैठकमा प्रत्येक सदस्यले प्रतिवेदनमाथि आधारित रहेर धारणा राख्ने गरी कार्यक्रम तय भएको उनले बताए । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन बुधवार बिहान माओवादीको स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।
 

कमेन्ट गर्नुहोस्