
सुदूरपश्चिम प्रदेशमा मन्त्री नियुक्तिको विषयलाई लिएर नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्र असन्तुष्टि देखिएको छ ।
नाउपा संसदीय दलको बैठकले रामेश्वर चौधरी र कैलाश चौधरीलाई मन्त्री बनाउने निर्णय गरेपछि पार्टीभित्र असन्तुष्टि देखिएको हो ।
संसदीय दलको निर्णयमा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत् आफ्नो असन्तुष्ट व्यक्त गगरेका हुन् । ‘यार गद्दार निकला ! राजनीतिक पाखण्डवाजको घनघोर भर्त्सना गरौं’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनी मन्त्रीका आकांक्षी थिए ।
पार्टीले गत वैशाखमा मन्त्री बनाउने भन्दै संसदीय दलका नेता रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीलाई पदबाट राजीनामा गर्न लगाएर जिम्मेवारी हेरफेर गरेको थियो ।
बुधवार बसेको नाउपा संसदीय दलको बैठकले सुदूरुपश्चिम सरकारमा रामेश्वर चौधरी र कैलाश चौधरीलाई पठाउने निर्णय गरेको थियो ।
यसअघि सोमवार नाउपाले सुदूरपश्चिम सरकारमा सहभागी हुने सहमति गरेको थियो ।