२९ असार २०८३, सोमबार

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

साउन १७, २०८०
काठमाडौं
बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अहिले बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वानसमेत गरे ।

“म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई माया गर्ने शक्ति एक ठाउँमा आउँदा राम्रो हुन्छ”, उनले भने, “हामी साँच्चै परिवर्तनकारी हौँ भने सानातिना कुरा छाड्नुपर्दछ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नुपर्दछ । राष्ट्रिय शक्ति त्यसका लागि निर्माण गर्नुपर्दछ ।”

उनले व्यक्तिगत ‘इगो’का कुरा छाडेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने भनाइ राखे । “बलियो, सुदृढ, व्यापक राष्ट्रिय शक्ति निर्माण गरौँ । जसले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहितको रक्षा र सम्वर्द्धन गर्न सक्दछ । आफ्नो स्वतन्त्र नीतिका साथ अगाडि बढ्न सक्दछ । स्वतन्त्र ढङ्गले आफ्ना राष्ट्रिय आवश्यकता प्राथमिकता तोक्न र देशको विकास स्वतन्त्र ढङ्गले गर्न सक्दछ । त्यस्तो शक्ति आवश्यक रहेको छ”, उनले भने ।  

एउटा सानो स्वार्थ पूरा गर्न, एउटा अवसरका लागि काम गर्ने कि राष्ट्रिय हितका काम गर्ने भन्ने प्रश्न उठेको भन्दै योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अगाडि बढाउन सक्ने, शान्ति सुव्यवस्था काम गर्नसक्ने शक्तिको आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्