×

NMB BANK
NIC ASIA

बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक : अध्यक्ष ओली

काठमाडाैं | साउन १७, २०८०

NTC
Premier Steels

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई अहिले बलियो राष्ट्रिय शक्ति निर्माण आवश्यक रहेको बताएका छन् । ललितपुर, च्यासलस्थित तुल्सीलाल अमात्यको २६औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले राजनीतिक दल, मुलुकलाई माया गर्ने परिवर्तनकारी शक्तिलाई बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आह्वानसमेत गरे ।

Muktinath Bank

“म सबै पार्टीका साथीलाई आग्रह गर्न चाहन्छु । देशलाई माया गर्ने शक्ति एक ठाउँमा आउँदा राम्रो हुन्छ”, उनले भने, “हामी साँच्चै परिवर्तनकारी हौँ भने सानातिना कुरा छाड्नुपर्दछ । एकताबद्ध भएर परिवर्तनका लागि अगाडि बढ्नुपर्दछ । राष्ट्रिय शक्ति त्यसका लागि निर्माण गर्नुपर्दछ ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले व्यक्तिगत ‘इगो’का कुरा छाडेर राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने भनाइ राखे । “बलियो, सुदृढ, व्यापक राष्ट्रिय शक्ति निर्माण गरौँ । जसले देशको सार्वभौमसत्ता, स्वाधीनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहितको रक्षा र सम्वर्द्धन गर्न सक्दछ । आफ्नो स्वतन्त्र नीतिका साथ अगाडि बढ्न सक्दछ । स्वतन्त्र ढङ्गले आफ्ना राष्ट्रिय आवश्यकता प्राथमिकता तोक्न र देशको विकास स्वतन्त्र ढङ्गले गर्न सक्दछ । त्यस्तो शक्ति आवश्यक रहेको छ”, उनले भने ।  


Advertisment
Nabil box
Kumari

एउटा सानो स्वार्थ पूरा गर्न, एउटा अवसरका लागि काम गर्ने कि राष्ट्रिय हितका काम गर्ने भन्ने प्रश्न उठेको भन्दै योजनाबद्ध ढङ्गले विकास निर्माणका काम अगाडि बढाउन सक्ने, शान्ति सुव्यवस्था काम गर्नसक्ने शक्तिको आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ थियो ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x