०२ असार २०८३, मंगलबार

संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै, प्रस्तावित ३ राजदूतको सुनुवाइ हुने

साउन १८, २०८०
काठमाडौं
संसदीय सुनुवाइ समितिको बैठक आज पनि बस्दै, प्रस्तावित ३ राजदूतको सुनुवाइ हुने

संसदीय सुनुवाइ समितिको बैठक आज बिहीवार पनि बस्दैछ ।

आजको बैठकमा संसदीय सुनुवाइ बाँकी रहेका प्रस्तावित राजदूत घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर ओलीको (थाइल्यान्ड)को संसदीय सुनुवाइ हुनेछ ।

बुधवार बसेको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो ।

बैठकमा न्यूयोर्कका लागि प्रस्तावित राजदूत लोकबहादुर थापा, स्वीट्जरल्यान्डका लागि रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले आ–आफ्ना योग्यता, अनुभव, अवधारणा र कार्ययोजना प्रस्तुत गरेका थिए ।

सरकारले परराष्ट्र सेवामा रहेका वरिष्ठ सहसचिवलाई विभिन्न कूटनीतिक नियोग र मुलुकमा राजदूतका लागि प्रस्ताव गरी संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्