२८ जेठ २०८३, बिहीबार
माओवादी बैठकमा नाराणकाजीको सम्बोधन

सरकार भ्रष्टाचारविरुद्ध खरो उत्रिएको छ, पार्टी भित्रका भए पनि छोडिँदैन : गृहमन्त्री श्रेष्ठ

साउन १८, २०८०
काठमाडौं
सरकार भ्रष्टाचारविरुद्ध खरो उत्रिएको छ, पार्टी भित्रका भए पनि छोडिँदैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टी भित्रकै नेता भए पनि नछाड्ने बताएका छन् । सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्यभार रहेको उनले बताए । 

माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकार खरो उत्रिएको बताएका हुन् । ‘यतिखेर सरकारको मुख्य कार्यभार सुशासन कायम गर्नु रहेको छ । सरकार भ्रष्टाचारका विरुद्ध खरो उत्रिएको छ । सुशासनको सवालमा पार्टी भित्रैका भए पनि कसैलाई छोडिँदैन’ मन्त्री श्रेष्ठको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने । 

बुधवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र उपप्रधानमन्त्री श्रेष्ठले चालेको कदमको स्वागत गरेका थिए ।

उनीहरूले भ्रष्ट र आर्थिक अनियमितता गर्नेहरू पार्टीभित्र लुकेर बसेको भए पनि कारवाहीको दायरामा ल्याउन माग गरेका थिए । 

मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताए ।

salt training

कमेन्ट गर्नुहोस्