
अग्नि मोटोइन्कले मोटरसाइकलहरूमा ‘मनसुन राइड अफर’ सार्वजनिक गरेको छ । अग्नि ग्रुपको सहायक कम्पनी तथा क्लासिक लेजेन्ड्स आधिकारिक वितरक मोटोइन्कले जावा तथा येज्दी मोटरसाइकलहरूमा ‘मनसुन राइड अफर’ ल्याएको हो ।
यो योजना अन्तर्गत जावा तथा येज्दी मोटरसाइकल किन्दा ग्राहकहरूले कम ब्याजदरमा सजिलो फाईनान्स अथवा एसेसरिजसहित राइडिंग गियर पाउनेछन् ।
यस्तै मोटरसाइकल खरिदमा ५० प्रतिशत डाउन पेमेन्टमा २ वर्षको अवधिमा जम्मा ५.५ प्रतिशत ब्याजदर मात्र लाग्नेछ ।
यद्यपि ग्राहकले नगदमानै खरिद गर्ने हो भने एसेसरिजसहित सम्पूर्ण राइडिंग गियर पाउनेछन् अथवा उक्त एसेसरिज र राइडिंग गियर बराबरको रकम नगद छुट पाउनेछन् ।
ग्राहकले हरेक मोटरसाइकलको खरिदमा निःशुल्क हेलमेट र १ वर्षको रोड ट्याक्स पनि प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार हाल जावा ब्राण्ड अन्तर्गत फोर्टी–टु, जावा र पेराक मोडेलको मोटरसाइकलहरू उपलब्ध छ भने येज्दी ब्रान्ड अन्तर्गत रोडस्टर, स्क्राम्बलर र एड्वेंचर मोडेलहरू उपलब्ध छन् ।
जावा ब्राण्ड सन् २०२० मा लन्च भएको हो भने येज्दी ब्रान्ड हालसालै नेपालमा लन्च भएको हो । यी सबै मोटरसाइकलहरू ३०० देखि ३३४ सम्मका छन् भने आफ्नो सेग्मेन्ट सबैभन्दा बढी पावर र ट्रक प्रदान गर्दछ ।
यो मनसुन राइड अफर जावा येज्दीका सबै सोरुमहरूमा उपलब्ध हुने तथा सीमित अवधिका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।