०७ असार २०८३, आइतबार

हिउँले भरिएको अन्टार्कटिकामा रुसी वैज्ञानिकहरूले फलाए तरबुजा

साउन १८, २०८०
काठमाडौं
हिउँले भरिएको अन्टार्कटिकामा रुसी वैज्ञानिकहरूले फलाए तरबुजा

रुसी अनुसन्धानकर्ताहरूले अन्टार्कटिकाको भोस्टोक स्टेसनमा आठवटा तरबुजा फलाउन सफल भएका छन् । 

उनीहरूले तरबुजा उब्जाउन हाइड्रोपोनिक प्रविधि प्रयोग गरेका हुन् । रूसी आर्कटिक र अन्टार्कटिक अनुसन्धान संस्थान (एआरआई)का अनुसार यी पाकेका तरबुजाको रातो र पहेँलो गुदी हुन्छ ।

प्रत्येकको तौल लगभग १ किलोग्राम रहेको वैज्ञानिकहरुले बताएका छन् । 

अन्वेषकहरूका अनुसार भोस्टोक स्टेसनको प्रयोगशालाले निकट भविष्यमा अन्य खानेकुराहरू उब्जाउने अपेक्षा राखेको छ ।

वैज्ञानिकहरूले पनि ब्ल्याकबेरी, स्ट्रबेरी र ब्लुबेरी पृथ्वीको सबैभन्दा चिसो ठाउँमा उब्जाउने प्रयास गर्ने बताएका छन् ।

रिपोर्टका अनुसार, वैज्ञानिकहरूले भोस्टोक स्टेसनको प्रयोगशालामा फेब्रुअरी २०२० देखि तरकारी रोप्दै आएका छन् र ८० भन्दा बढी प्रकारका तरकारीहरू उब्जाइसकेको पनि बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्