१३ असार २०८३, शनिबार

गृहमन्त्रीको प्रेस सल्लाहकार हुँ भन्दै हनी ट्रयापमा पार्ने ४ जना पक्राउ

साउन १८, २०८०
काठमाडौं
गृहमन्त्रीको प्रेस सल्लाहकार हुँ भन्दै हनी ट्रयापमा पार्ने ४ जना पक्राउ

गृहमन्त्रीको प्रेस सल्लाहकार हुँ भन्दै हनी ट्रयापमा पारेर ३ लाख २५ हजार ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरले सामाजिक सञ्जालमा कुराकानी गरेर होटल लगी हनी ट्रयाप पारेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–९ की २४ वर्षीया अनिता मगर भन्ने सिया मगर छिन् । उनले विभिन्न व्यक्तिलाई फ्रेण्ड रिक्वेस्ट पठाएर हनी ट्रायापमा पार्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार होटल र रेष्टुरेण्टमा भेट्न बोलाउने र बहना बनाएर बाहिर निस्कने र अरू आएर नक्कली पत्रकार भन्दै पैसा बार्गेनिङ गर्ने गरेको खुलेको छ । प्रहरी परिसर ललितपुरका अनुसार उनले विवाह गर्छु भन्दै रिलेशसनमा बसेको बहाना बनाएर ट्रयापमा पार्ने गरेकी थिइन् ।

अर्का पत्रकारको भूमिका निभाएर बार्गेनिङ गर्ने गाडी चालक सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ मान्खाका दीपक पराजुली पक्राउ परेका छन् । त्यति मात्र नभएर उनले गृह मन्त्रालयको प्रेस सल्लाहकार हुँ भन्दै पीडितको विवरण राखेर पैसा डिमाण्ड गर्ने गरेको खुलेको छ ।

यस्तै, बलेफीकै २७ वर्षीय विमल सुवेदी पनि पक्राउ परेका छन् । उनले म्यासेज गरेर ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीको दाबी छ । सियाले हनी ट्रयापमा पारेका व्यक्तिलाई निगरानी गर्ने र उम्काउने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ का २४ वर्षीय सरोज तिमल्सेनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूलाई हनी ट्रयापमा पारेर ३ लाखको चेक लिँदै गर्दा बालकुरमारीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले गत असार २८ गते एक जना व्यक्तिलाई हनी ट्रयापमा पारेर ३ लाख २५ हजार रुपैयाँ लिएको खुलेको छ ।

salt training

कमेन्ट गर्नुहोस्