२३ जेठ २०८३, शनिबार

स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु

साउन १८, २०८०
चितवन
स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु

विदेशमा श्रम बेचेर स्वदेश फर्किएका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवालाई निःशुल्क कपाल काट्ने तालिम दिन थाल्नुभएको छ । तालिमको आज एक कार्यक्रमबीच उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे । 

भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु गरेका हुन् । तालिम उद्घाटन समारोहमा श्रेष्ठले आफूले रकम बचाएर निःशुल्क तालिम गरेकामा सिग्देललाई बधाई दिँदै सहभागीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा निराजन भट्टराईलगायतले आ–आफ्नो धारणा राखेका थिए । विदेशबाट फर्किएर सैलुन सञ्चालन गर्दै आएका सिग्देलले आफ्नो निजी खर्चबाट तालिम दिन लागेका हुन् । उनका अनुसार तालिमका लागि ८३ जनाले दरखास्त दिएकामा उनीहरूबाट ३० जना छनोट गरिएको हो । तीमध्ये छ जना महिला छन् । 

पैतालीस दिनसम्म उनीहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । यससँगै उहाँहरूले आफैँले सैलुन सञ्चालन गर्न सक्ने उनले जानकारी दिए । 
 

salt training

कमेन्ट गर्नुहोस्