२३ असार २०८३, मंगलबार

केन्द्रीय कमिटी लगायतको तयारीका विषयमा निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

साउन १९, २०८०
काठमाडौं
केन्द्रीय कमिटी लगायतको तयारीका विषयमा निर्णय गर्न एकीकृत समाजवादीको सचिवालय बैठक

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक शुरू भएको छ । बैठक आज बिहान ८ बजेदेखि पुष्पलाल स्मृति प्रतिष्ठानमा शुरू भएको हो । 

बैठकले केन्द्रीय कमिटी, स्थायी कमिटी, पोलिटब्यूरोको बैठकको तयारी तथा अन्य समसामयिक विषयमा निर्णय गर्ने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । आगामी भदौ ५, ६ र ७ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । बैठकमा पार्टीको महाधिवेशनलगायत विषयमा छलफल हुने बताइएको छ ।

स्थायी कमिटीको बैठक भने यही साउन २० र २१ गते केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ । पोलिटब्यूरो बैठक आगामी भदौ ३ र ४ गते केन्द्रीय कार्यालयमा नै राखिएको उपमहासचिव खतिवडाले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्